नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीवार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधवार विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेकी थिइन्।
यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री कार्यालयमा तानिएको छ भने पार्वत गुरुङ महिला मन्त्रालयबाट सञ्चारमा सरुवा भएका छन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए।
शपथ पछि मन्त्रीहरूले आजै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्दै छन्।



















