बहराइनका राजकुमारले आरोहण गरे मनास्लु हिमाल

वेलकम खबर
अशोज २९, २०७७

काठमाडौं। बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ। बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो। बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले बताएका छन्। तर कति जना चुचुरोमा पुगे भन्ने विवरणचाहिँ आउन बाँकी रहेको बताइएको छ।

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो। यसको उचाइ ८ हजार १५६ मिटर छ। राजकुमार हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए। १५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो। आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ।

मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ। बहराइनको राजकुमारसहितको यो टोली आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत रहेको सेभेन समिट ट्रेकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*