उपत्यकामा बढी भाडा लिने ४४ बस र ६६ ट्याक्सी कारवाहीमा

वेलकम खबर
अशोज २९, २०७७

काठमाडौं। ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने बस र मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही गरेको छ। अनुगमन गर्दा नियमविपरीत काम गरेको फेला पारेपछि केही दिनयता ४४ वटा बस र ६६ वटा ट्याक्सीलाई कारवाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। उपत्यकामा ट्राफिक प्रहरीले चाडपर्व लक्षित सरप्राईज चेकिङ र एम्बुसिङलाई तीब्र बनाएको छ।

छोटो दूरीमा यात्रु लिन इन्कार गर्ने ट्याक्सीलाई ग्राहकको हुलियामा हिँड्ने ट्राफिकले कारवाहीको दायरामा ल्याउने महाशाखाले जनाएको छ। उपत्यकाका बसपार्क र मुख्य भिडभाड हुने चोकमा सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गरे नगरेको पनि ट्राफिक प्रहरीले अनुगमन गर्दै आएको छ।

असोज महिनामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने र मापदण्ड पालना नगर्ने १५ हजार ४ सय ५१ सवारी साधनलाई सम्झाई बुझाई गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*