मन्त्रिपरिषद् पुनर्गठन : अर्थमा विष्णु पौडेल, ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाइयो

वेलकम खबर
अशोज २८, २०७७

काठमाडौँ। मन्त्रिपरिषद् पुनर्गठन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन्। यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ। सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ।

अन्य मन्त्री र राज्यमन्त्री भने यथावत राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*