रहेनन् प्रतिनिधिसभाका सांसद सानु सिवा

वेलकम खबर
अशोज २८, २०७७

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाका सदस्य सानु सिवा पहाडीको बुधवार निधन भएको छ। लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित सांसद सिवाको उपचारकै क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको सिवाका परिवारका एक सदस्यले जानकारी दिएका छन्।

दुबै मृगौलाले काम गर्न छाडेपछि उनको केही समय मृगौला प्रत्यारोपण समेत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी सानु सांगीतिक क्षेत्रमा पनि निकै अब्बल थिइन्। ताप्लेजुङमा जन्मेकी सानुको कर्मघर भने इलाम हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*