पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २२ जनाको मृत्यु
वेलकम खबर
अशोज २५, २०७७
काठमाडौं। पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो।
कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ।



















