विद्युतिय माध्यमबाट राजश्व तिर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

वेलकम खबर
अशोज २५, २०७७

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ।

आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए। कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउनका लागि शुल्क नलाग्ने निर्देशन दिइएको हो।

भुक्तानी सेवा प्रदायकले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। तर कोरोना महामारीको अवस्था रहेको भन्दै पुस मसान्तसम्म निःशुल्क गर्न राष्ट्र बैंकले भनेको हो।

पुस पछि भने तोकिएको शुल्क लिन सेवा प्रदायकहरुले पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*