सञ्चारको विकास र विस्तार गरी हुलाक सेवामा प्रभावकारिता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाक सेवालाई समय अनुकल परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिएका छन्। १४६ औँ विश्व हुलाक दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सञ्चार सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताएका हुन्।
उनले हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायिक बनाएर नागरिकको माग र चाहना अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका छन्।
नेपालमा वि.स. १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो।



















