ओलाङ्चुङगोलामा बस्यो बिओपी

वेलकम खबर
अशोज २१, २०७७

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी सीमा क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने आउट बोर्डर पोष्ट-(बिओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ।

ओलाङ्चुङगोलालाइ अस्थायी मुकाम बनाएर बिओपी उद्घाटन गरिएको हो। मौवाटारमा रहने बिओपी केन्द्र अब त्यहाँ भवन सहितको संरचना बनेपछि मा त्र गोलाबाट स्थानान्तरण हुने छ।

मौवाटारमा अहिले भवनसहितको संरचना नभएकोले भवन नबनुञ्जेलसम्मका लागि ओलाङ्चुङगोलामै बिओपी टोली रहने र मौवाटारमा भवन बनेपछि गोलाबाट त्यहाँ स्थानान्तरण हुने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले बिओपी केन्द्रको बुधवार उद्घाटन गर्नु भएको हो । बिओपी स्थापनाले अन्तरदेशिय सीमा सुरक्षा व्यवस्थापन, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईको विश्वास छ । ओलाङ्चुङगोलाको बिओपी उद्घाटन कार्यक्रम सकेर मन्त्री भट्टराईसहितको टोली संखुवासभाको तुम्लिङटारतर्फ प्रस्थान गर्नुभएको छ ।
टोली त्यहाँबाट किमाथाङ्का पुग्ने छ। त्यहाँ बिओपी भवनको शिलान्यास कार्यक्रम रहेको सशस्त्र प्रहरी बल १ नं बाहिनी प्रमुख,सशस्त्र प्रहरी नायव महानिरीक्षक९डिआइजी०बंशीराज दाहालले जानकारी दिनुभयो । त्यहाँ बिओपी टोली यसपहिले नै बसिसकेको छ। यो आर्थिक वर्षका लागि प्रदेश नं १ मा बिओपी रहने गरी स्वीकृत २४ स्थानमै बिओपी राखिसक्ने योजना सशस्त्र प्रहरीले बनाएर कार्य अघि बढाएको डिआइजी दाहालले बताए।

मन्त्री भट्टराइका साथ गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरीका १ नं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल लगायतका अधिकारी रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*