धार्मिक स्थल खोल्ने बारे विहिवार मन्त्रीपरिषदले निर्णय गर्छ : मन्त्री भट्टराई

वेलकम खबर
अशोज २१, २०७७

ताप्लेजुङ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण रोकिएका नेपालका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन आउँदो कार्तिक १ गतेबाट खोल्ने सम्वन्धी प्रस्ताव मन्त्रिपरिषद्मा जान बताउनुभएको छ ।
सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकनको प्रकृया सुरु गर्ने सम्वन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा लैजाने भट्टराईले बताउनुभयो ।


ताप्लेजुङको ओलाङ्चुङगोलामा बुधवारबाट सुरु आउट बोर्डर पोष्ट(बिओपी)को उद्घाटन सकेर यहाँस्थित सुकेटार बिमानस्थलमा मन्त्री भट्टराइले पत्रकारसंग संक्षिप्त कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुल्ला हुने बताउनुभाये । उहाँले भन्नुभयो ‘मैले आज बिहानै मात्र प्रधानमन्त्री ज्यु समक्ष यो प्रस्ताव बारे परार्मश गरेको छु’‘बिहीबारको मन्त्रिपरिषद् बैठकले यस बारे ठोस निर्णय लिने छ’।
धार्मिक पर्यटनका क्षेत्रहरु खुल्ला भएको अवस्थामा पनि सुरक्षाका सबै मापदण्ड र एकपटकका भेला वा उपस्थित हुने संख्या भने कार्यविधि बनाएर निर्धारण गरिने उहाँको तर्क थियो । मन्त्री भट्टराईले आउँदो कार्तिक १ गतेबाट बिराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुचारु गर्नेगरी तयारी गरिरहेको जानकारी दिनुभयो । अहिले केहि जिल्लाहरुमा काठमाडौबाट मात्र पूर्वी पहाडका उडान हुदैं आएको छ उहाँले काठमाडौ–ताप्लेजुङ–काठमाडौका अलवा बिराटनगर–ताप्लेजुङ–बिराटनगरको पनि उडान सुचारु हुने बताउनुभयो ।

नेपाल एअरलाइन्सले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान तालिका सार्वजपनक गरेपनि अहिले सम्म यो उडान भने सुरु गरेको छैन। ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा बुधवार नै बिओपी स्थापना भएको छ ।
यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको किमाथाङ्मा भने बिओपीको भवन शिलान्यास हुने छ। मौवाटारमा स्थापना हुने बिओपीका लागि त्यहाँ भौतिक संरचना नबने सम्म अहिले भने ओलाङ्चुङगोलामै बिओपी टोली रहने छ। मन्त्री भट्टराईले तत्कालका लागि ओलाङ्चुङगोलामै रहने बिओपीको उद्घाटन गर्नु भएको हो । मौवाटारमा संरचना बनीसकेपछि भने गोलाको बिओपी टोली मौवाटारमा स्थानान्तरण हुने छ। यसपछि मन्त्री भट्टराईसहितको टोली संखुवासभाको किमाथाङ्कामा बिओपी भवनका समेत शिलान्यास गर्नु भएको छ ।


स मन्त्री भट्टराई सँगै गृहसचिव महेश्वर न्यौपाने,नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारी लगायत रहुन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*