नेकपा सचिवालय बैठक शुरु, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने

वेलकम खबर
अशोज २०, २०७७

काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठन तथा संवैधानिक निकायहरूमा नियुक्तिबारे छलफल गर्न नेकपा सचिवालय बैठक शुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न शुरु बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने नेकपा स्रोतले बतायो।

भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको निर्णयका आधारमा असोज ४ गते बसेको नेकपा सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो।

सरकारले पार्टीमा सल्लाह नगरी राजदूत तथा राजनीतिक नियुक्ति गरेको बारेमा केही सदस्यले बैठकमा कुरा उठाउने तयारी गरेका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*