२४ घण्टामा थप १५५१ मा कोरोना पुष्टि, देशभर सक्रिय सङ्क्रमित २२ हजार ७०९

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए १०१७ संक्रमित
वेलकम खबर
अशोज २०, २०७७

काठमाडौं। आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्। यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मङ्गलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन्।यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। उपत्यकामा पछिल्लो २४ घण्टामा १०१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३५० महिला र ६६७ पुरुष गरी १०१७ जनामा संक्रमण पुष्‍टि भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७८३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा संक्रमण पुष्‍टि भएको छ। साथै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एकरएक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एकरएक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*