ताप्लेजुङमा ट्याक्सी दुर्घटना हुँदा ३ घाइते

वेलकम खबर
अशोज १९, २०७७

ताप्लेजुङ। ताप्लेजुङमा सोमबार भएको ट्याक्सी दुर्घटनामा परि तीन जना घाइते भएका छन्। झापाबाट ताप्लेजुङ तर्फ आइरहेको ट्याक्सी दुर्घटना हुँदा त्यसमा सवार अर्जुनधारा झापाका ४० वर्षीय असोक कार्की, फुङलिङ नगरपालिका–३ का वर्ष ३७ का सोमनाथ दाहाल र सोही ठाउँकै वर्ष ३८ का राजेन्द्र दाहाल घाइते भएका हुन्।

मे १ ज २५७८ नम्बरको ट्याक्सी मेची राजमार्ग अन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्से खोला नजिकै सडकबाट झरेर दुर्घटनामा परेको थियो। ट्याक्सी करिव २ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घाईते मध्ये असोक कार्कीको अवस्था भने केही गम्भीर देखिएको छ। बाँकी दुईको अवस्था भने सामान्य छ। घाइते सबैको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जनाएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*