विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन त्रिपक्षीय समझदारी

वेलकम खबर
अशोज १९, २०७७

विराटनगर। प्रदेश १ को विराटनगर विमानस्थललाई स्तरोन्नति, विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन त्रिपक्षीय समझदारी भएको छ।

संघीय सरकार (नेपाल नागरिक उड्डयन प्राधिकरण), प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, आधुनिक टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास गराउन त्रिपक्षीय समझदारी भएको हो।

समझदारीअनुसार प्रदेश १ को विराटनगर महानगरपालिकास्थित विमानस्थलको वर्तमान धावनमार्गको लम्बाइ तीन हजार मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधा सम्पन्न बनाइनेछ।

यसका लागि प्रदेश १ र विराटनगर महानगरपालिकाले जग्गा अधिग्रहण, देखिएको समस्या समाधानको पहल तथा सहजीकरण गर्नेछ। त्यस्तै उसले जग्गा अधिग्रहणमा हुने खर्चको ५० प्रतिशत रकम प्राधिकरणलाई उपलब्ध गराउनेछ। जुन प्रदेश १ को ४० प्रतिशत र महानगरको १० प्रतिशत हुनेछ।

यसबाहेक पहिलो पक्ष अर्थात् प्रदेश र महानगरले प्राधिकरणको काममा सघाउनेछ। दोस्रो पक्ष अर्थात् प्राधिकरणले यसको गुरुयोजना तयार गर्ने र जग्गा अधिग्रहण र मुआब्जा वितरणको लागि मन्त्रिपरिषदबाट आवश्यक निर्णय गराउनेछ। 

त्यसको लागि संघीय पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ। विमानस्थलको जग्गा अधिग्रहण, डीपीआर तथा डिजाइन सबै प्राधिकरणले नै गर्नेछ। 

सहमति भएका केही मुख्य बुँदा 
नेपाल सरकार र प्रदेश नं. १ सरकार बिच लागत साझेदारी अवधारण अन्र्तगत विमानस्थलको विकास र विस्तर गरी अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने। विराटनगर महानगरपालिकामा स्थित विराटनगर विमान स्थलको धावनमार्गको लम्बाई ३,००० मी सम्म विस्तार गर्ने। जग्गा अधिकरणमा हुने खर्चको ५० प्रतिशत साझेदारी गर्ने जस अन्र्तगत प्रदेश नम्बर १ ले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० प्रतिशत लागत साझेदारी गर्ने।v

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*