बहराइनका राजकुमारसहितको टोलीद्धारा लोबुचे हिमाल फलतापूर्वक आरोहण
काठमाडौं। आज नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ। आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो।
यो सिजनको पहिलो आरोहण हो। हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो। यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन्। टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ।
लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए। बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ।


















