सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, एउटा मात्र इजलास

वेलकम खबर
अशोज १८, २०७७

काठमाडौँ। सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास प्रभावित भएका छन्।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ। अन्य सबै इजलास स्थगित छन्। शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो।

सङ्क्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमण तीब्र गतिमा बढिरहेको छ। हरेक दिन भेटिने संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*