कोरोनाका कारण नेकपा सचिवालय बैठक अनिश्चित
काठमाडौं। आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक अनिश्चित भएको छ। बैठक साँझ ४ बजेलाई बोलाइएको थियो। तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो।
बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन। तर प्रधानमन्त्रीको सचिवालयका ५ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको एक सचिवालय सदस्यले भने।
शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन्।



















