उपत्यकामा ९४३ सहित थप १९ सय ११ मा कोरोना पुष्टि
वेलकम खबर
अशोज १५, २०७७
काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो।
तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन्। जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन्।
v



















