शंकरदास बैरागी नयाँ मुख्यसचिव

वेलकम खबर
अशोज १५, २०७७

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्।कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो। मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*