बीरेन्द्र श्रेष्ठको जाले रुमाल’आज सार्वजनिक हुदैं

वेलकम खबर
अशोज १४, २०७७

इञ्जिनियर पेशाबाट उब्रेको समय गीत–संगितलाई अर्पण गर्दागर्दै सांगितिक क्षेत्रमा जमेका श्रष्टा बीरेन्द्र श्रेष्ठले ‘जाले रुमाल’ बोलको नयाँ गीत बुधवार(आज) सार्वजनिक गर्दै हुनुहुन्छ । लोक पप जनरमा बनेको गीत र भिडियो आज अपरान्ह ४ बजे इनाक्सी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट रिलिज हुने भएको छ । जाले रुमालमा बीरेन्द्रलाई गायिका मेलिन राईले स्वरमा साथ दिनु भएको छ । गीतमा शब्द संगित भीम बिष्टको रहेको छ ।

गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित नायक पल शाह, सरोज अधिकारी, चर्चित मोडल रियाशा दहााल र आश्मा बिश्वकर्माको अभिनय देख्न सकिनेछ । म्युजिक भिडियो संघीय राजधानीको पाँचतारे होटेल याक एण्ड यतिमा छायाङ्कन गरिएको श्रेष्ठले बताउनुभयो । भिडियोमा पल र सरोज दरबारका युवराज को भूमिकामा देखिनु हुने छ । बीरेन्द्रको घर हाम्रो लेकैमा, हिउँ पर्यो फुरुरु जस्ता गीतहरु चर्चित छन् । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाममा जन्मिनु भएका श्रेष्ठ नेपाली गीत–संगितमा नयाँपनको खोजीमा हुनुहुन्छ ।‘त्यहिँ नयाँपन ‘जाले रुमाल’ मा देख्न र सुन्न सकिने उहाँको बिश्वास छ । नेपालको जलबिद्युत क्षेत्रमा लामो समय व्यतित गर्नु भएका उहाँ हाइड्रो इञ्जिनयर हुनुहुन्छ । रसियामा अध्ययन गर्नु भएका उहाँ आफैं परियोजना व्यवस्थापक बनेर आधा दर्जन बढी बिद्युत उत्पादनका योजनालाई पार लगाउनु भएको छ ।

ताप्लेजुङ र सिन्धुपाल्चोकमा उहाँका आफ्नै लगानीका जलबिद्युत आयोजना निमार्णाधिन अवस्थामा छन् । इञ्जिनियरिङ पेशाबाट बचेको समय गीत–संगितमा खर्चदै आउनु भएका उहाँ पछिल्लो समय अब्बल सांगितिक श्रष्टाको रुपमा उदाउदैं हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*