आन्तरिक हवाई उडानको कोटा बिहीबारबाट वृद्धि

वेलकम खबर
अशोज १४, २०७७

काठमाडौं। सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ। नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो। यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरूलाई दैनिक दिएको उडानको कोटा बढाएको हो। प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ।

यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो। अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ। यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो। प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ। यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो। प्राधिकरणले सिम्रिक र सौर्यलाई २र२ उडानको अनुमति दिएको छ। यसअघि यी दुई एयरलाइन्सलाई एक(एक उडानको अनुमति दिइएको थियो।

दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन्। यसअघि यी कम्पनीले तीनरतीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए। प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागू हुनेछ। त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ। कम्पनीहरूका अनुसार लकडाउन र निषेधाज्ञा पछि खुलेको आन्तरिक उडानका यात्रुको आकर्षण देखिएको छ।

अहिले हवाई उडानका ९० प्रतिशतभन्दा माथि सीट भरिएको छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*