ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश

वेलकम खबर
अशोज १३, २०७७

काठमाडौं। स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित बनेको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनल कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटको सुनुवाई गर्दै कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो।

गत चैतमा चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको ओम्नीले सम्झौताअनुसार सामग्री खरिद गर्न नसकेको भन्दै स्वास्थ्य सेवा विभागले ठेक्का सम्झौता रद्ध र धरौटी जफत गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। यो निर्णयविरुद्ध ओम्नी सर्वोच्च गएको थियो।

साथै सर्वोच्चले ओम्नीलाई कारबाही गर्नुको कारण पनि माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*