परीक्षामा सहभागी हुन अनिवार्य पीसीआर गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय
वेलकम खबर
अशोज ११, २०७७
काठमाडौं। सरकारले निजी मेडिकल कलेजले पीसीआर गरेर मात्र विद्यार्थीलाई जाँचमा सहभागी गराउने निर्णय अवैज्ञानिक भएको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षामा पीसीआर रिपोर्ट गर्नु अवैज्ञानिक रहेको बताएका हुन्। उनले निर्णय कार्यान्वयन नगर्नसमेत निर्देशन दिए।
लक्षण नभएको कुनै पनि विद्यार्थीलाई पीसीआर गर्नु नपर्ने मन्त्रालयले जनाएको छ। सङ्क्रमणको लक्षण देखिएमा वा सरकारले बनाएको मापदण्डमा परेकाहरूको मात्रै पीसीआर गर्नुपर्ने गौतमको भनाई छ।



















