ताप्लेजुङमा ट्याक्टरबाट खसेर एकको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ७ बहानन्देमा गुडिरहेको ट्याक्टरबाट खसेर फुङलिङ नगरपालिका–७ का दिपेन्द्र ओख्राबुको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीय दीपेन्द्र ओख्राबु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी महेन्द्रकुमार श्रेष्ठले जनाकारी दिएका छन्।
काबेली खोलाबाट बालुवा बोकेर आउँदै गरेको डेबिट खिम्दिङ कन्ट्रक्सनको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली परिचालित भइसकेको र थप विवरण आउन बाँकी रहेको समेत प्रहरीले जनाएको छ।



















