नेपाल चीनबीच कुनै सीमा विवाद छैन : परराष्ट्रमन्त्री

वेलकम खबर
अशोज ८, २०७७

काठमाडौं। सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमीमा चीनले भवन बनाएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।बुधबार साँझ मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्थलगत अध्ययनका लागि गएको टोली फर्केर आएपछि सत्यतथ्य जानकारी गराउने उल्लेख गरेका छन्।

उनले सिडियोको टोली स्थलगत अध्ययनका लागि गएको र सत्यतथ्य आउने उल्लेख गरे। २०७३ सालमा पनि यस किसिमको समाचार आएपछि गृह, परराष्ट्र मन्त्रालय र नापी विभागले अध्ययन गरेको र सो टोलीले नेपालको सिमाभन्दा एक किलोमिटर भित्रनै बनाएको प्रतिवेदन दिएको उल्लेख मन्त्री ज्ञवालीले जानकारी दिए। उनले चीन र नेपालबीच कुनै सिमा विवाद नरहेको र त्यसखालका हल्ला आउँदा आधिकारिक स्रोतका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे।

यस्तै नेपाल–चीन नाका रसुवागढी नाकामा नेपाली सामान रोकिएकोबारे कुटनीतिक प्रयासबाट नाका खुलाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए। आज विसिजी खोप लगायतका सामग्री आएको र एकसाताभित्र त्यहाँ रोकिएको सामग्री नेपाल आउन थाल्ने मन्त्री ज्ञवालीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*