अलबिदा आङरिता (हिमचितुवा)!

वेलकम खबर
अशोज ७, २०७७

काठमाडौं। कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्येष्टि गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो।

शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो।

शेर्पाको ५ असोजमा काठमाडौँस्थित छोरीको घरमा निधन भएको थियो। उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।  उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे।

सुरक्षाकर्मीहरूले शेर्पा प्रति सलामी अर्पण गरे। शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पुर्‍याइएको थियो। शवयात्रामा लामा धर्मगुरुहरू, आरोहीहरू, आफन्तजनलगायतको सहभागिता थियो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*