पर्यटन मन्त्रीद्धारा संरक्षणविद्धहरुले पुरयाएको योगदान स्मरण
काठमाडौं । ताप्लेजुङको घुन्सामा भूगोल तथा संरक्षणविद्हरुको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको आज १४ वर्ष पूरा भएको छ ।
२०६३ असोज ७ मा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा.दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङलगायतको निधन भएको थियो ।
संरक्षणविद्धहरुको सम्झनामा बुधवार देश भरी कार्यक्रम गरिएको छ । नेपाल पर्वतारोहण संघले डा गुरुङको स्मृति दिवसको अवसरमा आयोजना गरेका भर्चुअल बैठकमा संंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डाक्टर गुरुङले नेपाली समाजमा पुरयाएको योगदानको उच्च सम्मान ब्यक्त गर्नुभयो । गुरुङ २०३४ सालमा पहिलो पर्यटन मन्त्री भएको स्मरण गदै उहाँले पर्यटन क्षेत्रमा पुरयाएको योगदानको स्मरण गर्नुभयो । डा.गुरुङले १९६१ सालमा उत्तर दक्षिण हुने गरी ल्याएको संघीयताको अवधारणा नै अहिलेको विकसित रुप भएको बताउनुभयो । डा गुरुङ भु्गोलविद्ध,योजना विद्ध मानवशास्त्री समाजशास्त्री तथा कलाकार समेत रहुनु भएको स्मरण गदै गुरुङको योगदानको कदर गरिने बताउनुभयो ।
त्यस्तै बरिष्ठ पत्रकार भैरव रिसालले वातावरण पत्रकार संघको अभिभावक समेत रहेको स्मरण गदै नेपालको डा. गृुरुङको भौतिक शरिर हामी माझ नभएर उहाँको गरेको कार्य सदैव स्मरणिय रहेको दाबी गर्नुभयो । त्यस्तै विश्व बन्य जन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले हर्क गुरुङ नेपालको भुगोलविद्ध तथा योजनाकार भएको दाबी गदै उहाँको योगदानका उच्च कदर गर्नुभयो । गुरुङको १५ बटा पुस्तक ,सात सय भन्दा बढी अनुसन्धानमूलक लेख हरु प्रकाशित भएका छन ।


















