दसैँको अग्रिम टिकट बुकिङ एक हप्ताभित्र टुंगो लाग्ने

वेलकम खबर
अशोज ७, २०७७

काठमाडौं। सरकारले दसैँ, तिहार, छठलगायतका चाडपर्वमा आउन–जान सहज बनाउनका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ।यातायात व्यवसायी, उपभोक्ता, संघसंस्था, प्रहरी, यातायात मजदुरलगायतका सरोकारवाला निकायसँग छलफल गरेर एक हप्ताभित्र बुकिङ गर्ने समय टुंगो लाग्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

विगतका वर्षजस्तो यो वर्ष मानिसको चाप हुने सम्भावना नरहेको विभागको आकलन छ । धेरै मानिस घरमै रहेका र काठमाडौंमा पनि संक्रमणको अवस्था भएकाले उपत्यका छोड्ने सम्भावना न्यून छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार ४ असोज (आइतबार)सम्म बाहिरदेखि भित्रिनेको संख्या अधिक थियो। तर, सोमबारदेखि बाहिरिने धेरै छन् । ‘पछिल्ला दुई दिनमा २३ देखि २५ हजार मानिस बाहिरिएका छन्,’ महाशाखाका प्रवक्ता रामेश्वर यादवले भने।

तर, भित्रिनेको संख्या भने त्योभन्दा कम छ। १ असोजदेखि ४ सम्म बाहिरिने संख्या ५७ हजार र भित्रिने संख्या ६३ हजार थियो। तर, अहिले बाहिरिने बढ्न थालेका छन्। यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा, यातायात कार्यालयलगायतले अहिले उपत्यकामा मात्रै ४० ठाउँमा सवारी मापदण्ड अवलम्बन गरेको या नगरेको अनुगमन गरिरहेका छन्। नयाँ पत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*