शेर्पाको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति : मन्त्री भट्टराई
काठमाडौ । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित साहसिक आङरिता शेर्पालाई नेपाल सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।
मन्त्री परिषदको आज बसेको बैठकले शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योेगेश भट्टराईले कृत्रिम अक्सिजनको सहयोग विना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान कायम गर्नुभएका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन महत्वपूर्ण योगदान पुरयाउनु भएको स्मरण गदै शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति बताउनुभएको छ । मन्त्री भट्टराईले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी सो दुःख ब्यक्त गर्नु भएको हो । मन्त्री भट्टराईले शेर्पाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्नेप कामना समेत गर्नु भएको छ । शेपाको सोमवार निधन भएको थियो ।



















