ताप्लेजुङको कोराना संक्रमित विराटनगरमा मृत्यू
विराटनगर । ताप्लेजुङकी एक कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यू भएको छ ।ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो ।जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन् ।सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटनगरमा ल्याइएकी थिइन् ।
यी महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।


















