दशैँअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

वेलकम खबर
अशोज ५, २०७७

काठमाडौँ। सरकारले वैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्। यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षा प्रति सकारात्मक बनेका छन्।

वैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त दशैँअघि सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन्।

यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन्। नागरिक दैनिक

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*