आन्तरिक हवाइ उडान आजबाट सुचारु

वेलकम खबर
अशोज ५, २०७७

काठमाडौं। कोरोना महामारीसँगै गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाले झन्डै ६ महीनादेखि ठप्प रहेको मुलुकको आन्तरिक उडान आजबाट सुरु हुँदै छ। सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन्।

असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रबारदेखि नै बुकिङ खुला गरेका थिए। आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको यी विमान कम्पनीहरूले बताएका छन्। सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्‍याइ सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेक, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*