नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद्को पुनर्गठन पक्का

वेलकम खबर
अशोज ४, २०७७

काठमाडौं। पार्टी एकताको २८ महिनापछि पहिलोपटक कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ४ वटा निर्णय गरेको छ।

बैठकले मन्त्रिपरिषद्को पुनर्गठनबारे स्थायी कमिटी बैठकको निर्णयअनुसार नै गर्ने निर्णय गरेको छ। यसका लागि सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे विभिन्न कोणबाट सुझाव दिएको छ।

यस्तै संवैधानिक राजनीतिक नियुक्तिका बारेमा सरकारलाई निर्णयका लागि आधार तयार गर्न आग्रह गरेको छ। सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सचिवालय बैठकले सांगठनिक एकीकरणका बाँकी कार्यभार पूरा गर्नेबारे कार्यसूची बनाएको छ।v

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*