नेपालमा थप १२०४ जनामा कोरोना पुष्टि
वेलकम खबर
अशोज ३, २०७७
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। उनीहरुमध्ये ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन्।
भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ।



















