संविधान जारी भएको पाँच वर्ष पूरा

वेलकम खबर
अशोज ३, २०७७

काठमाडौँ। संविधान दिवस शनिबार मनाइँदै छ। २०७२ को असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ। पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो। नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ।

संविधानले देशलाई संघीय व्यवस्थामा लगेको हो र अझै पनि संघीयताले सक्रिय रुपमा काम गर्न सकेको अवस्था भने छैन। यो वर्ष कोरोना भाइरसको महामारीका कारण संविधान दिवसका अवसरमा सार्वजनिक कार्यक्रम हुने छैनन्। यसै बिच राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान दायित्व काँधमा आएको बताएका छन्।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*