युवा संघ ताप्लेजुङले खायो शपथ
वेलकम खबर
अशोज २, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङले एकिकरण पछि पहिलो शपथ ग्रहण भएको छ ।
आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा युवा संघमा मनोनित हुने ६१ जनालाई शपथ गराएको हो । शपथ युवा संघका केन्द्रिय सदस्य दिपेश पोमुले गराएका थिए । शपथ ग्रहणमा नेकपाका ताप्लेजुङको जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो । नेकपाका सपथ ग्रहण पछि पहिलो बैठक समेत बसेका थियो ।



















