मन्त्रिपरिषद्को बैठक बस्दै

वेलकम खबर
अशोज १, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ।

सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले जनाएको छ।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।

गत वर्ष सरकारले संविधान दिवस ९असोज ३० का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको
सोमबारको नियमित मन्त्रिपरिषद् बैठकमा निर्णय गर्न बाकी रहेका एजेण्डाबारे छलफल गर्न आवश्यक भएमा बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*