विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९४ लाख ३७ हजार नाघ्यो
वेलकम खबर
भदौ ३०, २०७७
एजेन्सी। कोरोना भाइरसबाट विश्वमा सङ्क्रमितको संख्या दुई करोड ९४ लाख ३७ हजार ५९१ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ४४२ जना संक्रमित थपिएका हुन्।
वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड १२ लाख ६४ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय सङ्क्रमितको संख्या ७२ लाख ३६ हजार ९० छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ६५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप चार हजार ३२० जनाको मृत्यु भएको हो।



















