अधिकांश स्टोरमा म्याद गुज्रेका खाद्यवस्तु बिक्री
काठमाडौं। काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान पनि उपभोक्तालाई झुक्याएर बेचिरहेको खुलेको छ।
महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा बेच्न राखिएका समानसँगै म्याद गुज्रिएका समान पनि राखिएको भेटिए। ब्यापारीहरूले त्यो सामना म्याद गुज्रिएकोले राखिएको बताएपनि छुट्टै व्यवस्थापन नगरेको पाइएको हो। ती समान सकेसम्म उपभोक्तालाई नै बेच्ने नियम देखिएको छ। अनुगमन टोलीका अनुसार कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ गरेको हरू उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख पाइएको छैन।
चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने, तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या पनि देखिएका छन्। यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको नदेखिएको टोलीका एक सदस्यले बताए। सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने गर्दा म्याद गुज्रिएका समान पनि भन्छासम्म पुगिरहेको खुलेको छ।
भदौ २७ र २८ गते चाबहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा उपभोक्ताले पनि प्याकेटमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरेको नदेखिएको हो। उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या पनि देखिएको छ। पसलमा मूल्य सूची छैन। खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने विषादि पनि बेच्न राखिएको छ। पसलको यो अवस्थाले उपभोक्तालाई कुनै असर गर्दैन। किन्न आउने उपभोक्तालाई हतार छ।


















