गौतमबुद्ध विमानस्थलको पर्यटन मन्त्रीद्वारा अनुगमन (फोटाेे फिचर)
काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन विमानस्थलको अनुगमन गरेको छन्। निर्माणाधीन विमानस्थलको अनुगमन गर्दै मन्त्रीले डिसेम्बर सम्म सबै काम सक्ने दावी गरेका छन्।

अब, विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक राजन पोखरेल र निर्देशक प्रदिप अधिकारी पनि मन्त्रीसँगैब निरीक्षणमा गएका थिए।





ढ


















