नेकपाले बोलायो स्थायी कमिटी बैठक

वेलकम खबर
भदौ २२, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्षद्वयसँग परामर्श गरेर महासचिव विष्णु पौडेलले पार्टीको साउन १३ मा स्थगित गरिएको बैठक भदौ २६ बोलाएका छन् । उनका अनुसार त्यसअघि अध्यक्षद्वयबीच र सचिवालय बैठकसमेत बस्नेछ । विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।

ओली-प्रचण्डबीचको भेटवार्तामा कार्यदलले दिएको सुझावका आधारमा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको छ । फेरि एक पटक छलफल गरेर सचिवालय बैठक बोलाउने तयारी अध्यक्षद्वयको छ ।

स्थायी कमिटी बैठकको मुख्य एजेण्डा कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्ताव र त्यसको कार्यान्वयन मुख्य हुनेछ । यसअघिका नियमित एजेण्डामा पनि स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु