नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुुग्यो
वेलकम खबर
भदौ १९, २०७७
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको संख्या २७१ पुगेको छ।
गत २४ घन्टाको अवधिमा मृत्यु हुने सङ्क्रमितहरूको काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनका ३५ वर्षीया महिला, सप्तरीका ५५ वर्षीय २ पुरुष, रसुवा ३१ वर्षीय, कास्कीका ३६ वर्षीय, नवलपरासीका ३७ वर्षीय रहेका छन्।
त्यस्तै प्युठानका ५८ वर्षीय, रुपन्हेदीका ८७ वर्षीय, पाल्पाका ६३ वर्षीय, र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।



















