दोहाबाट आज १४२ नेपाली स्वदेश फर्किए

वेलकम खबर
भदौ १९, २०७७

काठमाडौं। कतारको दोहाबाट आज १४२ नेपाली स्वदेश फर्किएका छन्। कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कन पर्ने अवस्थाका नेपालीहरू दूतावासको समन्वयमा स्वदेश फर्किएका हुन्।

उनीहरु दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको एच ५६३२ को उडानबाट ७ महिला सहित जम्मा १४२ जना नेपालीहरू स्वदेश फर्किएको दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ।

हालसम्म कतारबाट ६ हर ५२६ नेपाली स्वदेश फर्किइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*