त्रिभुवन विमानस्थलको धावनमार्ग जडान गर्ने विद्युतीय उपकरण आइपुग्यो
काठमाडौं। त्रिभुवन विमानस्थलमा तीन सय मिटरको धावनमार्गका लागि जडान गर्ने विद्युतीय सामग्री ९उपकरण० आइपुगेका छन्। लकडाउनका कारण यातायात सहज नहुँदा सामग्री आउनसकेका थिएनन्। विमानस्थलले लकडाउनको सदुपयोग गर्दै तीन हजार मिटर रहेको धावनमार्ग निर्माणलाई तीव्रता दिई तीन हजार ३ सय मिटरमा विस्तार गरेको हो।
त्रिभुवन विमानस्थलकाले ८० प्रतिशत सामग्री काठमाडौं आइपुगेको र बाँकी केही दिनमै आइपुग्ने जनाएको छ। विमानस्थलमा धावनमार्गको काम सकिए पनि अहिलेसम्म प्रयोगमा ल्याउन सकिएको छैन। तीन सय मिटर धावनमार्ग थप भए पनि विद्युतीय (लाइट) सामग्री जडान नभई प्रयोगमा ल्याउन नसकिएको बताइएको छ। बजारमा सहजै पाउने सामग्री नभएको कारण स्पेसल अर्डर गरेर ल्याउनुपर्ने सामग्री भएकाले कोभिड १९ले अन्तर्राष्ट्रिय यातायात प्रभावित हुँदा सामग्री आउनमा ढिलाइ भएको विमानस्थलको भनाइ छ ।
मानस्थलको डिजाइनअनुसार कम्पनीमा अर्डर भएका सामग्री केही पानीजहाज र केही उडानमार्फत आएको बताइएको छ। सरकारले चार्टर्ड उडान गर्ने अनुमति दिँदै आए पनि काठमाडौं आउने जहाजमा यात्रु बढी भएको र औषधिजन्य अत्यावश्यक सामग्री ल्याउँदा विमानस्थलका सामग्री प्राथमिकतामा परेको थिएन। उपत्यकामा लकडाउन खुकुलो भएसँगै धावनमार्गमा उपकरण जडानको काम हुने बताइएकोे छ।


















