पर्यटन मन्त्री भट्टराईले दिए इन्द्रजात्राको शुभकामना

वेलकम खबर
भदौ १६, २०७७

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्।

शत्रु पराजय भएपछि विजय उत्सवका रुपमा मनाउने किंवदन्ती अनुसार  विशेष गरी काठमाडौं उपत्यकाका र काठमाडौं उपत्यका बाहिरका केही स्थानमा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाउने आठ दिनसम्म वर्षा र सहकालका देवता ईन्द्र पूजन एवम् बिभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने चलन रहेको अवगत गराएका छन्।

इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरूपमा जोडेर अघि बढाउन गत वर्ष पहिलो पटक विश्वका विभिन्न मुलुकका मेयरहरूलाई निमन्त्रणा गरी यो पर्वको प्रत्यक्ष अवलोकन समेत गराइएको र यो पटक विश्व महामारीको रूप लिएको कोभिड-१९ का कारण अन्य क्षेत्र जस्तै हाम्रा यस्ता मौलिक सांस्कृतिक पर्वहरू पनि प्रभावित भएको बताएका छन्।

तर, त्यसखालका प्रभावकै बीच आवश्यक स्वास्थ्य सावधानी अपनाएर हामीले हाम्रा सांस्कृतिक धरोहरहरूलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी बहन गर्नु पर्ने बताएका छन्। यस्ता परम्परा एवम् सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताएका छन्।

प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको यस पर्वले कृषि प्रधान मुलुकको समृद्धिमा समेत टेवा पुग्ने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*