१ सय १६० दिनपछि अन्तर्राष्ट्रिय उडान खुल्दै

वेलकम खबर
भदौ १६, २०७७

काठमाडौं। रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो।

औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ। यसअनुसार दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडान हुनेछ। तर, यसरी यात्रुलाई नेपाल ल्याउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने शर्त राखिएको छ।

सुरुवाती चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसीआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*