आज मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा

वेलकम खबर
भदौ १६, २०७७

काठमाडौं। काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ। वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ। इन्द्रध्वजाको लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ। इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ। विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोरोना भाइरसका कारण यसको रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषे धाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो।

यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ। विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो। जताततै देवी दे वतालाई बाहिर प्रदर्शनी गरि एको हुन्थ्यो। तर, यो वर्ष कुनै रौनक छैन। कोरोनाको महामारीका कारण काठमाडौंको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स् थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि यो वर्षको इन्द्र जात्रा स्थगित भएको हो।

पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको सम्बन्धलाई उजागर गरेको जानकारहरु बताउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*