काठमाडौंका मेयरलाई कोरोना संक्रमण
वेलकम खबर
भदौ १५, २०७७
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ। श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुगेपछि मेयर शाक्यको पनि कोरोना परीक्षण गरिएको थियो।
आज आएको रिपोर्टअनुसार शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सहयोगी मोहन बास्तोलाले जानकारी दिएका छन्। मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।



















