नेपालमा कोरोनाबाट थप १२ को मृत्यु, मृतक संख्या २०७
वेलकम खबर
भदौ १३, २०७७
काठमाडौं। नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा पछिल्लो समय कोरोनाको कारण मृत्यु हुने दर बढिरहेको छ। हिजो मात्र नेपालमा कोरोनाको कारण एकैपटक १२ जनाको मृत्यु भएको थियो।



















