संक्रमितलाई १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले खर्च नबेहोर्ने
वेलकम खबर
भदौ ११, २०७७
काठमाडौं। लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ। पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ।
यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले अस्पतालको खर्च नबेहोर्ने मन्त्रालयले जनाएको छ।



















